Logo
२३ बैशाख २०८१, आईतबार
(May 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुस् भिडियो : डिएसपी नै घाइते हुनेगरी सिंहदरबारकै अगाडि चिनियाँ नागरिकको हङ्गगमा!

देशको संघीय राजधानी स्थित सिंहदरबार गेट अगाडि धर्ना दिन आएका ४५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेट अगाडी उनीहरु प्ले कार्डसहित घर फर्काउन आग्रह गर्दै धर्नामा बसेका थिए ।

निषेधित क्षेत्र तोडेपछि प्रहरी र उनीहरुबिच झडप भएको थियो । झडपमा परी दुई जना चिनियाँ नागरिक घाइते भएका थिए ।

यस्तै, चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका थिए ।

उनीहरुलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: May 8, 2020

प्रतिक्रिया दिनुहोस्