Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिएसपी नै घाइते हुनेगरी सिंहदरबारकै अगाडि चिनियाँ नागरिकले हङ्गगमा गरेपछी ४५ पक्राउ

देशको संघीय राजधानी स्थित सिंहदरबार गेट अगाडि धर्ना दिन आएका ४५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेट अगाडी उनीहरु प्ले कार्डसहित घर फर्काउन आग्रह गर्दै धर्नामा बसेका थिए ।

निषेधित क्षेत्र तोडेपछि प्रहरी र उनीहरुबिच झडप भएको थियो । झडपमा परी दुई जना चिनियाँ नागरिक घाइते भएका थिए ।

यस्तै, चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका थिए ।

उनीहरुलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

प्रकाशित मिति: May 8, 2020

प्रतिक्रिया दिनुहोस्