Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउने खतरा

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउने खतरा बढेको छ । महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउने खतरा आएको बताएका हुन ।

राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थ समितिको बैठकमा उनले भने, ‘कोरोना आइसके पछाडि हाम्रो वित्तीय उत्तरदायित्व ऐनको नियमावली पनि छैन । संसदले हामीलाई के म्याण्डेट दिएको छ भन्दा वित्तीय उत्तरदायित्व ऐनबाट भन्दा खर्च गर्ने र आलेप गर्ने छुट्टै स्ट्रिम हुनुपर्छ एकाउन्ट भित्र भनेको छ । त्यो काम हामीले गर्न सकेका छैनौँ । एउटा संवैधानिक संकट आउनसक्ने अवस्था छ । आगामी आर्थिक वर्षमा अडिटको सिलसिलालाई लिएर ।’

कोरोना कोषमा जम्मा भएको करिब २ अर्ब १८ करोड रुपैयाँबाट अहिलेसम्म निकासा नगरिएको र ट्रेजरीबाट व्यवस्थापन गरिरहेको अवस्थामा वित्तीय उत्तरदायित्व ऐनको नियमावली नहुँदा समस्या आउन सक्ने मैनालीले बताए । वित्तीय उत्तरदायित्व ऐनले खर्च गर्ने र आलेप गर्ने स्ट्रिम हुनुपर्छ भनेको अवस्थामा नियमावली नहुँदा संकट आउन सक्ने उल्लेख गरे ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्