Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौरादह नगरमा दोस्रो चरणको राहत वितरण सुरु

गौरादह नगरपालिकामा दोस्रो चरणको राहत वितरण कार्य बुधबारबाट सुरु गरिएको छ । कोरोना भाइरसको सन्त्रासका कारण जीवन गुजारामा प्रभाबित भएका गौरादहवासीलाई राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रम अन्तर्गत आज वडा न ३ का विभिन्न टोल बिकास समिती मार्फत राहत सामाग्री वितरण गरिएको छ । राहत सामाग्रीमा अत्यावश्यक खाद्यन्न चामल, दाल, नुन र खानेतेल वितरण गरिएको हो ।

राहत वितरण लाई पारदर्शी बनाउन वडा कार्यलयले सर्बपक्षीय टोल समिती निर्माण गरि सोही समिती मार्फत राहत वितरण गरेको छ । राहत वितरणको समयमा नगरको उच्चस्तरिय राहत संकलन तथा अनुगमन समिती द्वारा आवस्यक अनुगमन कार्य गरेको थियो ।

उच्च स्तरिय समितिका संयोजक सहित सह-सम्योजक तथा नगर उप-प्रमुख गिता भेटवाल , नेकपा नगर अध्यक्ष मित्रदेब काफ्ले, नेका नगर सभापती यादब राज सेडाइ , राप्रपा अध्यक्ष सान्तिराम पौडेल वडा न ३ का वडा अध्यक्ष गजेन्द्र घिमिरे पत्रकार सन्तोष बिस्ट लगायतको टोलिले राहत वितरण केन्द्र हरुको अनुगमन गरेको थियो ।अनुगमन समितिले वितरण कार्यमा भएका सामान्य कमि कमजोरिलाई न्युनिकरण गर्न सम्बन्धित वडाका वडा अध्यक्ष तथा टोल समती लाई निर्देसन समेत दिइएको छ ।

अन्य वडा अन्तर्गत यो समाचार तयार पार्दा सम्म वडा न १ , ५,र ९ मा राहत सामग्री पुर्याउने कार्य भैरहेको छ । नगरपालिकाले पहिलो चरणमा ३२ सय २९ घर परिवारलाई राहत वितरण गरेको थियो भने, दोश्रो चरणमा ६ हजार ५ सय ८५ परिवारलाई राहत वितरण कार्य शुरु गरेको नगर प्रमुख रोहित कुमार शाहले बताए ।नगरपालिकाले पहिलो चरणमा समान दरले राहत वितरण गरेको थियो भने दोश्रो चरणमा संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका आधारमा राहत वितरण गर्न थालिएको नगरप्रमुख शाहले बताए ।

राहत सामाग्री अन्तरगत दुईजना सम्म व्यक्ति भएको परिवारलाई १० किलो चामल १ किलो दाल १ किलो नुन र १ लिटर खाने तेल , पाँच जनासम्मको परिवारलाई २० किलो चामल १ किलो दाल १ किलो नुन र पाँच जनाभन्दा बढी ब्यक्ती भएको परिवारलाई ३० किलो चामल १ किलो दाल १ किलो नुन र १ लिटर खाने तेल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो ।

टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई दोश्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।आज ३ न वडा अन्तरगत ४ सय ६८ परिवार लाई ६ वटा टोल बिकास समिती मार्फत राहत सामाग्री वितरण गरिएको वडा अध्यक्ष गजेन्द्र घिमिरेले बताए ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्