Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा कोरोनाबाट ५८ हजार ३ सय बढीको मृत्यु, १० लाख ३५ हजारभन्दा धेरै संक्रमित

पछिल्लो समयमा कोरोना भाइरस माहामारीले विश्वलाई नै आतंकित बनाइरहेको बेलामा अमेरिका पनि कोरोनाको केन्द्रबिन्दु बनिरहेको अवस्थामा कोरोना भाइरसको कारण ५८ हजारभन्दा धेरै जनाको मृत्यु भइसकेको छ ।

चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस यतिबेला विश्वभरि फैलिरहेको छ । सो भाइरसको सङ्क्रमणका कारण अमेरिकामा १ महिनाभन्दा कम समयको अवधिमा ५८ हजार ३ सय ५५ जनाको ज्यान गएको हो ।

अमेरिकी राष्ट्रपतिका चिकित्सा सल्लाहकार एन्थनी फुकीले अझै खतरा नटरेको भन्दै चेतावनी दिएका छन् । प्रभावकारी उपचारविना आउँदा दिनमा अझ धेरैले ज्यान गुमाउने उनले बताए ।

अमेरिकामा अहिलेसम्म १० लाख ३५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५८ हजारभन्दा धेरैको ज्यान जाँदा एक लाख ४२ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दुई दशकसम्म चलेको भियतनाम युद्धको समयमा मृत्यु भएको  भन्दा धेरै भएको छ । भियतनाम युद्धको समयमा ५८ हजार २ सय २० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्