Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पेन सरकारको चरणबद्धरुपमा लकडाउन हटाउने तयारी योजना

अहिलेको पछिल्लो समयमा कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा स्पेन सरकारले पनि कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लगाइएको लकडाउन चरणबद्धरुपमा हटाउँदै जाने जनाएको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले हरेक क्षेत्रमा सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै फरक-फरक गति र फरक-फरक किसिमले लकडाउन हटाउने योजना बनाएको बताएका छन् ।

यसका लागि स्पेन सरकारले चार चरणको एउटा योजना बनाएको छ । स्पेन सरकारका अनुसार आउँदो जुन महिनाको अन्तिमसम्ममा लकडाउन हट्ने सम्भावना छ ।

स्पेनको चार द्वीपमा सबैभन्दा पहिला मे महिनाको ४ तारिखमा लकडाउन हटाइनेछ र त्यसपछि बिस्तारै अरु क्षेत्रमा पनि लकडाउन हटाइनेछ ।

स्पेनमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म २४ हजारभन्दा धेरैको ज्यान गएको छ भने दुई ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । स्पेन कोरोनाको कारण प्रभावित भएको देशमध्ये एक हो ।

कोरोनाको कारण अहिलेसम्म विश्वभर ३१ लाख ३८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।  २ लाख १७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये ९ लाख ५५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । सङ्क्रमितमध्ये १९ लाख ६४ हजारभन्दा बढीको उपचार भइरहेकोमा ५६ हजारभन्दा बढीको अवस्था गम्भीर छ भने बाँकी १९ लाखभन्दा बढीको अवस्था सामान्य छ ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्