Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयद्वारा अनलाइन कक्षा निर्देशिका जारी

यतिबेला विश्वभरी कोरोना माहामारीले विश्वलाईनै आक्रान्त पारिरहेको अवस्थामा नेपालमा पनि कोरोना भाइरसबाट बच्न देशैभरि लगाइएको लकडाउन लम्बिए गएपछि पछि त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका जारी गरेको छ ।

त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् ।

जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने र नगरे कारवाही गरिने निर्देशिकामा उल्लेख छ ।

‘विद्यार्थीहरूले शिक्षकहरूसँग सम्वाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ । कसैलाई पनि अनादर गर्नुहुँदैन’ निर्देशिकामा भनिएको छ ।

कक्षामा सहभागी हुँदा शिक्षक र विद्यार्थीले अनिवार्य औपचारिक पोशाक लगाउनु पर्ने, विद्यार्थी र शिक्षकले अनलाइन कक्षामा प्रयोग गरिएका सामग्री फेसबुकमा सार्वजनिक गर्न नपाइने भनिएको छ ।

पूर्णकालीन शिक्षकहरूले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन नपाइने आचार संहिता खण्डमा उल्लेख छ ।

निर्देशिकामा उल्लेख आचार संहिता पालना गर्ने विद्यार्थी, शिक्षक वा कर्मचारीलाई विश्व विद्यालयको नियम अनुसार कारवाही गरिने भनिएको छ ।

अनलाइन सञ्चालनका लागि शिक्षकले जुम, गुगल क्लास र एमएस टीम मध्ये एउटा छनोट गर्नेछन् । कक्षा सञ्चालन (होस्ट) को जिम्मेवारी विषय शिक्षकले पाएका छन् ।

विद्यार्थी जानकारी सिट, अनलाइन कक्षा तालिका अग्रिम रुपमा उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै विद्यार्थी र शिक्षकहरुको हाजिरी रेकर्ड समेत राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । तोकिएका कर्मचारीले हाजिरी राख्ने र निकाय प्रमुखले प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हाजिरी नभएको अवस्थामा भने शिक्षक तथा कर्मचारीले पारिश्रमिक पाउने छैनन् । अनलाइनमा काम गर्ने कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराउनु परेमा सो अवधिको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउन सकिने निर्देशिका उल्लेख छ ।

शिक्षकले एक्सल, वर्ड, गुगल ड्राइभ आदिबाट विद्यार्थीलाई गृहकार्य दिने भनिएको छ । त्यस्तै, कुनै जायज कारणले नियमित कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीहरुलाई कक्षाको रेकर्ड लगायतका अन्य शैक्षिक सामग्री पछि उपलब्ध गराउन सकिन्छ ।

कतिपय विद्यार्थी भर्ना भएका तर कक्षा सञ्चालन हुन नसकेका कार्यक्रमहरुको अनलाइनबाट अभिमुखीकरण गरेर पनि कक्षा संचालन गर्न सकिने व्यवस्था गरिएको छ ।

तर गृहकार्यविनानै निर्देशिका ल्याएको भनेर त्रिविका प्रध्यापकहरुलेनै यसकोे आलोचना गरेका छन् ।

प्रकाशित मिति: Apr 27, 2020

प्रतिक्रिया दिनुहोस्