Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको वुहान शहर कोरोना मुक्त हुदै, थपिएनन् एउटा पनि नयाँ संक्रमित

बर्तमान समयमा कोरोना भाइरसले विश्वमाहामारीले आक्रान्त बनाइरहेको अवस्था चीनको वुहान शहरमा शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी थपिएका छैनन् पहिलो  पटक कोरोना सङ्क्रमित शून्यमा झरेको छ ।

गएको डिसेम्बर अन्तिममा पहिलोपटक वुहानमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी नथपिएका चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताए ।

यो सबै स्वास्थ्यकर्मीको मिहेनतले सम्भव भएको उनले बताए । चीनको सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो ।

चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका पनि खबरमा उल्लेख छ । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

यसैगरी स्पेनमा २३ हजारभन्दा धेरै, फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा साढे २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा पनि सङ्क्रमितको संख्या बढ्दो छ । भारतमा अहिलेसम्म साढे २७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा साढे ८ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको सङ्क्रमणका कारण अहिले विश्वभरी साढे २९ लाख भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ८ लाख ७७ हजारभन्दा धेरै निको भएका छन् । १९ लाख भन्दा धेरैको उपचार चलिरहेको छ । उपचार गराईरहेका मध्ये ५७ हजार ५ सय ९१ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डओमिटले जनाएको छ ।

२ लाख ६ हजारभन्दा धेरैको भने मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा ९ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै गएको २४ घण्टामा इटालीमा यो महिनाकै कम २ सय ६० जनाको ज्यान गएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या साढे २६ हजार नाघेको छ ।

प्रकाशित मिति: Apr 27, 2020

प्रतिक्रिया दिनुहोस्