Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीका संघिय तथा प्रदेश सांसदहरुले १३५०० केजी चामल राहत दिए

सुनसरी–१ बाट नेकपाका सांसदहरुले उनिहरुले प्रतिनिधित्व गर्दै आएका बराहक्षेत्र र रामधुनी नगरपालिकाका वडाहरुमा कुल १३ हजार ५ सय केजी चामल विपन्न वर्गलाई राहत वितरण गर्न प्रदान गरेका छन् । सुनसरी–१ का संघीय प्रतिनिधि सभा सांसद जयकुमार राई, सुनसरी–१(ख) का प्रदेश सभा सांसद भिम आचार्य, र प्रदेश १ सांसद उमिता बराईलि र अम्बिका जोशीले आइतवार निर्वाचन क्षेत्रमा पर्ने बराहक्षेत्र र रामधुनी नगरपालिकाका वडा वडामा पुगी वडा लाई राहतको उक्त चामल हस्तान्तरण गरेका हुन् ।

सुनसरी–१ मा बराहक्षेत्रका ५ वटा वडा, रामधुनीको २ वटा र अन्य २० वटा धरानमा पर्दछ । धरान बाहेक बराहक्षेत्र र रामधुनीका ७ वटा वडामा आइतवार चामल हस्तान्तरण गरेको सांसद आचार्यको स्वकिय सचिव अनिल राजधामीले बताए । वडाहरुमा कुल १३ हजार ५ सय केजी चामल हस्तान्तरण गर्ने गरिएको हो । हस्तान्तरण कार्यक्रम प्रदेश सांसद भिम आचार्य सुनसरी–१ संघीय सांसद जयकुमार राई र प्रदेश १ सांसद उमिता बराईली, बराहक्षेत्रकी उपमेयर कमला मगर, नेकपा बराहक्षेत्र अध्यक्ष कमल कटुवाल उपस्थित थिए ।

उक्त अवसरमा सांसद आचार्यले लकडाउन पीडित विपन्न परिवारलाई स्थानीय सरकार, प्रदेश सरकार बाट राहत वितरण भइ रहेको बताउँदै उनिहरु लाई सांसदहरुको तर्फ बाट थप राहतको रुपमा वितरण गर्न खाद्यान्न हस्तान्तरण गरेको बताए ।

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्