Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगरपालिकाको राहत कोषमा ओरेक नेपाल र शाह सेवा समितिको सहयोग

कोरोना भाइरसको माहामारीले गर्दा लक डाउन बढेकोले दुहबी वडा नम्बर १,२,४ र ६ का बिपन्न परिवारका सुत्केरी महिलाहरुलाइ राहत पुर्याउने उदेश्यले दुहबी नगर पालिकाको राहत कोषमा ओरेक नेपालले आवाज नेपालको सहकार्यमा १ लाख १३ हजार बढीको ५४ प्याकेज बनाएर खाधान्न सहयोग गरेको छ । आज दुहबी नगर प्रमुख बेदनारायण गच्छदार र उप प्रमुख सुनिता दाहाल शाहलाई ओरेक नेपालकि सुनसरी संयोजक शान्ति दनुवार र आवाज नेपालकि मेनुका खतिवडाले सो रकम बराबरको ५४ बोरा चामल,दाल,तेल,चना,सर्फ लगायतको खाधान्न सामाग्री हस्तान्तरण गरेकि हुन ।

यसैगरी दुहबी वडा नम्बर ५ मा रहेको साह सेवा समितिले दुहबी नगरपालिकाको राहत कोषमा ५५ हजार सहयोग गरेको छ । आजै साह सेवा समितिका अध्यक्ष सम्पत साह, सह सचिव महालक्ष्मी साह र कोषाध्यक्ष मुना देवी साह लगायतका पदाधिकारीहरुले दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन।

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्