Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शासक किम जोङ उनको स्वास्थ्यको रहस्य गहिरिदै, चीनमा मृत्युको खबर भाइरल

उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्य अवस्थाको रहस्य झनै गहिरिदै गएको छ ।

१२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएका भनिएका नेता किमको स्वास्थ्यबारे सल्लाह दिन चीनले एक टोली प्योङयाङ पठाएको छ ।

शल्यक्रियापछि उनको अवस्थालाई लिएर प्रश्न उठ्ने गरेको छ । यसैक्रममा चीनका केही सामाजिक सञ्जालहरुमा कोरियाली नेता किमको मृत्यु भएको अलग अलग दाबी भाइरल बनेका छन् ।

चीनमा किमको मृत्युको खबर भाइरल बनिरहँदा जापानमा भने उनी हिँडडुल गर्न थालेको समाचार बाहिरिएको छ ।

रोयटर्सले चिनियाँ टोली पठाएको उल्लेख गर्दै सो टोली पठाउनुको उद्देश्यबारे केही बताउन नसक्ने उल्लेख गरेको छ । तर अबेर राति हङकङमा चीन समर्थित एक समाचार च्यानलले किमको मृत्यु भएको समाचार प्रशारण गरेको थियो ।

यसअघि शल्यक्रियापछि उनको अवस्था गम्भीर रहेको भन्ने खबरको चीन र दक्षिण कोरियाका अधिकारीहरुले खण्डन गरेका थिए ।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियामा कुनै असामान्य अवस्थाको संकेत नदेखिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाली नेता किमको स्वास्थ्य खराब भएका दाबी झुठो भएको बताएका थिए ।

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्