Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोना संक्रमित संख्या २८ लाख ३१ हजार नाघ्यो,१ लाख ९७ हजारभन्दा धरैको मृत्यु

यतिबेला विश्वलाइ नै कोरोना माहामारीले आक्रान्त पारिरहेको अवस्था विश्वमा अहिलेसम्म कोरोना संक्रमित संख्या जम्मा २८ लाख ३१ हजार ९ सय १५ जना पुगेको छ भने १ लाख ९७ हजार ३ सय १८ जनाको ज्यान गएको छ ।

२ सय १० देश र दुई पानी जहाजमा फैलिँदा २८ लाख ३१ हजार ९ सय १५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ८ लाख ७ हजार ३७ जना निको भएका छन् ।

१८ लाख २७ हजार ५ सय ६० जनाको उपचार चलिरहेको र उपचार गराइरहेका मध्ये ५८ हजार ५ सय २४ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ ।

अहिलेसम्म सङ्क्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै ९ लाख २५ हजार भन्दाधेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा ५२ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

यस्तै इटालीमा साढे २५ हजारभन्दा धेरै, स्पेनमा साढे २२ हजारभन्दा धेरै, फ्रान्समा २२ हजारभन्दा धेरै र बेलायतमा साढे १९ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

यसैगरी भारतमा साढे २४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा साढे ७ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Apr 25, 2020

प्रतिक्रिया दिनुहोस्