Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औलो प्रभावित देशमा थोरैमात्र कोरोना संक्रमित भेटीए : डब्लूएचओ

अहिले पछिल्लो समयमा कोरोना माहामारीबाट विश्व नै आतंकी बनीरहेको बेला विश्व स्वास्थ्य संगठनले औलो प्रभावित देशमा थोरैमात्र कारोना संंक्रमित भेटिएको जनाएको छ ।

आज विश्व अप्रिल २५ तारिख अर्थात् विश्व औलो दिवसक अवसरमा विश्व स्वास्थ्य संगठनले यस्तो जानकारी दिएको हो ।

संगठनले सन २००८ देखि अप्रिल २५ मा विश्व औंलो दिवस मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो ।यसपटकको नारा ‘शून्य औलो मैबाट सुरु हुन्छ’ तय गरिएको छ ।

संगठनले औलो रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेका स्वास्थ्यकर्मी र समुदायलाई कोभिड-१९ बाट जोगाउन दिगो प्रयासमा प्राथमिकता दिदै औलो विरुद्धका कार्यक्रम नरोक्न स्वास्थ्यकर्र्मी र समुदायसँग अपील गरेको छ ।

सन २०१८ को तथ्याङक अनुसार विश्वका ८९ देशमा औलोका बिरामी भेटिएपनि नाइजेरिया, कंगो, युगान्डा, मोजाम्बिक र नाइजरमा औलोका धेरै बिरामी छन ।

धेरै टाउको दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, हात–खुट्टा, जोर्नी दुख्नु, थकान तथा कमजोरी महसुस हुनु, शरीरमा रगतको कमी हुनु, कम्पन हुनु, ज्वरो आउनु र ज्वरो घटेपछि थाकेको महसुस हुनु औलोका लक्षण हुन् ।

यो रोग सङ्क्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका अ‍ैलोको उच्च जोखिममा रहने गरेका छन् ।

वर्षायामसँगै सुरु हुने औलोको जोखिम असार मध्येदेखि मंसिरसम्म उच्च हुने डाक्टरको भनाइ छ ।

 

प्रकाशित मिति: Apr 25, 2020

प्रतिक्रिया दिनुहोस्