Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमितको शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिन सुझाव दिएपछि आलोचित बने ट्रम्प

कोरोना भाइरसको केन्द्रबिन्दु बनिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बारम्बार आफ्नो विवादास्पद भनाइका कारण विवादमा आइरहने फेरि शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिएर कोरोना भाइरसको उपचार गर्न भनेपछि आलोचित बनेका छन् ।

शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा अनुसन्धान गर्न सुझाब दिएपछि चिकित्सकीय समुदायले ट्रम्पको आलोचना गरेको छ ।

कोरोना भाइरसको उपचारलाई लिएर ट्रम्पले दिएको सुझाब खतरनाक र हास्यास्पद रहेको डाक्टरहरुले बताएका छन् । यसअघि ट्रम्पका अन्य अधिकारीहरुले पनि सूर्यको किरण र कीटाणुनाशक ‘इन्जेक्शन’ले सङ्क्रमणलाई मार्ने बताएका थिए ।

साथै ट्रम्पले यूभी प्रकाशद्वारा रोगीहरुको शरीरमा विकिरण पठाउन प्रस्ताव गरेका थिए । यो उपायलाई एक डाक्टरले ब्रिफिङकै क्रममा खारेज गरिदिएको बीबीसीले जनाएको छ ।

गएको बिहीबार ह्वाइट हाउसमा कोरोना भाइरस कार्यदलसँगको छलफलमा एक अधिकारीले सरकारी अनुसन्धानको नतिजा प्रस्तुत गर्दै सूर्यको किरण र तातो मौसममा कोरोना भाइरस झट्टै कमजोर हुने सङ्केत गरेका थिए । बीबीसी

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्