Logo
२३ बैशाख २०८१, आईतबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ महीनाको अवधीमा आधा पनि बजेट खर्च भएन, लकडाउनमा कुल खर्च ६ प्रतिशत मात्रै

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा १५ खर्ब ३२ अर्बको बजेट ल्याएपनि ९ महीनाको अवधीमा आधा पनि बजेट खर्च भएको छैन ।

बजेट खर्च बढाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट घोषणा लगत्तै कार्यसम्पादन सम्झौता मन्त्रीदेखि कार्यालयस्तरसम्म गराउन सफल भएपनि चैत्रसम्मको अबधिमा बजेट खर्च निराशाजनक छ ।

चैत्र महीनाभर विकासका काम कोरोना भाइरसका कारण प्रभावित भएपनि बजेट खर्च गर्न चालू वर्षको फागुनसम्म सहज परिस्थीति थियो । तर फागुनसम्ममा कुल बजेटको ३९ दशमलव ८ प्रतिशत अर्थात ६ खर्ब १० अर्ब मात्रै बजेट खर्च भएको खर्चको अभिलेख राख्ने महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

सहज परिस्थीति रहँदासम्मको अवस्था अर्थात फागुनसम्ममा चालू खर्च भन्दा विकास खर्चको अवस्था निकै निराशाजनक देखिन्छ । उक्त अवधीमा चालू खर्च ४७.१ प्रतिशत रहँदा विकास खर्च २३.८ प्रतिशत मात्रै भएको महालेखाको तथ्यांकले देखाउँछ । चैत्र महीनामा चालू खर्च ४.७ प्रतिशतले बढेर ५१ दशमलव ८ प्रतिशतमा पुगेको छ भने विकास खर्च न्यून रुपमा अर्थात २ प्रतिशतले बढेर २५.८ प्रतिशत रहेको छ ।

महालेखा नियन्त्रकका अनुसार कोरोनाका कारण चैत्रमा विकास निर्माणका कारण प्रायः ठप्प बन्दा कुल बजेट जम्मा ६ प्रतिशत मात्रै खर्च भएको छ । चालू वर्षको चैत्रसम्ममा विकासे अड्डाहरुमा भौतिक पूर्वाधार, शहरी विकास, उर्जा तथा जलस्रोत मन्त्रालयको विकास खर्च कमजोर देखिन्छ ।

भौतिक पूर्वाधार मन्त्रालयले २८ दशमलव ९ प्रतिशत, शहरी विकासले ४३.४ प्रतिशत, उर्जाले २८ प्रतिशत मात्रै पुँजीगत खर्च गरेका छन् । फागुन मशान्तसम्ममा विकास खर्च ५० प्रतिशत पु¥याउन प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरमा नै मन्त्रालयहरुलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको उक्त निर्देशन फागुनमा पुरा गर्न कुनै पनि निकाय सफल नभएको महालेखाको तथ्यांकले देखाउछ ।

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्