Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई भारतले दियो १८ किसिमका २३ टन औषधि उपलब्ध

भारतले नेपाललाई सहयोगस्वरुप १८ किसिमका २३ टन औषधि उपलब्ध गराएको छ। काठमाडौं स्थित बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भारतीय राजदूत विनय क्वात्राले ओषधि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।

विश्वव्यापाी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने औषधि भारतले सहयोग गरेको मन्त्रालयका निर्देशक महेन्द्र श्रेष्ठले बताए ।

भारतले १८ किसिमका २३ टन औषधि दिएको बताउँदै उनले त्यसमा एन्टिबायोटिकदेखि अन्य औषधिहरु रहेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री ढकालले आवश्यक परेको बेलामा भारत सरकारले औषधि दिएकोमा धन्यवाद ज्ञापन गरे ।

नेपालमा वर्षा सुरु हुन लागेकोले वर्षा अगावै थप औषधि आए वर्षाको बेला महामारीसँग लड्न केही सहज हुने समेत बताए।

राजदूत क्वात्राले भारत सरकारले दिने दोस्रो लटको औषधि केही समयपछि आउने बताए। त्यसका लागि आन्तरिक तयारी भइरहेको उनले बताए।

नेपालले कोरोनाको संक्रमण रोकेकोमा उनले प्रशंसा गरे।

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्