Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द

अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले थप ३० दिन दुई देशको सिमाना बन्द गर्न दुवै देश सहमत भएको जानकारी दिएका छन् ।

उनले सिमानाका बन्द गरिए पनि अत्यावश्यक सेवाका लागि कुनै अवरोध नहुने शनिबार स्पष्ट पारेका छन् ।

सिमाना बन्द गर्ने अवधि कति समयसम्म लम्बिन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको पनि उनले बताए ।

“यस अगाडि भएको सम्झौतालाई अहिले थप ३० दिनका लागि लम्ब्याइएको छ, तर अत्यावश्यक सेवाको कामका लागि भने कुनै अवरोध हुने छैन,” उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत बुधबार कोरोनाभाइरसको महामारीका विरुद्धमा अमेरिका र क्यानाडाले मिलेर काम गर्ने बताएका थिए ।

सिमाना बन्द गर्नेसम्बन्धी अमेरिका र क्यानाडाको सम्झौताको म्याद आगामी हप्ता सकिन लागेकाले फेरि म्याद थपिएको हो ।

अमेरिका र क्यानाडाका सिमानाबाट दैनिक दुई लाख मानिस आवतजावत गर्ने गर्दछन् । कोरोना भाइरसको प्रभाव सबैभन्दा धेरै महाशक्ति राष्ट्र अमेरिकामै देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा आइतबारसम्म सात लाख ३८ हजार ९२३ जना संक्रमित भएका छन् भने ३९ हजार १५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी क्यानाडामा कोरोनाभाइरसबाट ३३ हजार ३८३ जना संक्रमित हुँदा एक हजार ४७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्