Logo
१७ बैशाख २०८१, सोमबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा १२ भारतीय समेत सबै संक्रमितलाई कोरोना बिषेश अस्पताल सारियो

प्रदेश १ स्थित उदयपुर जिल्लामा रहेका १२ भारतीय सहित सबै संक्रमितलाई मध्यरातमा राजधानी बिराटनगर स्थित कोरोना बिषेश अस्पतालमा सारिएको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको एक मस्जिदबाट ल्याइएका १२ कोरोना संक्रमित सहित १६ जनालाई शुक्रबार मध्यरातमा प्रदेश सरकारले विराटनगरमा निर्माण गरिएको कोरोना बिषेश अस्पतालमा भर्ना गरिएको हो ।

प्रहरीको स्कटिंगमा राती ११ बजेर ४५ मिनेटको समयमा ४ वटा एम्बुलेन्समा हालेर १६ जनालाई कोरोना बिषेश अस्पताल ल्याइएको हो ।

एउटा एम्बुलेन्समा ४ जनाका दरले राखेर १६ जनालाई ल्याइएको प्रहरीले जनाएको छ ।उदयपुरका ४ एम्बुलेन्समा ल्याइएका १६ मध्ये १२ भारतीय हुन् भने ४ नेपाली छन् ।

कोरोना संक्रमण पुष्टि भएका १२ मध्ये एक युवक नेपाली भएको खुलेको छ । उनि विराटनगर निवासी हुन् ।

स्वास्थ्यकर्मीका अनुसार बाँकी ४ जनामा पनि १२ जनाबाट कोरोना संक्रमण हुन सक्ने संभावना बढेको छ । राती साढे ९ बजेको समयमा उनिहरुलाई लिन प्रहरी ४ एम्बुलेन्स सहित भुल्के पुगेको थियो ।

सबैको अनुहार एकै खालको भएकाले १६ मध्ये कोरोना संक्रमित पुष्टि भएका १२ जनाको पहिचान नै गर्न कठिन भएपछि १६ जनालाई नै एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिई लगाएर प्रहरीले स्कटिंगमा उनिहरुलाई विराटनगर ल्याएको थियो ।
राती ११ बजेर ४५ मिनेटमा अस्पताल ल्याइएका १६ जनालाई डाक्टरहरुले केही बेर सोधपुछ गरेका थिए ।

उनिहरुलाई अस्पताल भर्ना गर्दा मध्यरातको १२ बजेको थियो । उनिहरुलाई कोरोना बिषेश अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिने कोरोना बिषेश अस्पताल समेत हेर्ने जिम्मेवारी पाएकी कोशी अञ्चल अस्पताल विराटनगरकी प्रमुख डाक्टर संगीता मिश्राले बताएकी छन् ।

डाक्टर मिश्राले राती २ बजे सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै कोरोना बिषेश अस्पतालले कोभिड १९ का १२ बिरामीलाई भर्ना गरि उपचार सुरु गरेको जानकारी दिएकी छन् ।

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्