Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिभिल बैंकद्वारा कोरोना रोकथाम कोषमा ८७ लाख सहयोग

सङ्घीय र प्रदेश सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिभिल बैंक र बैंकका सञ्चालक तथा कर्मचारीबाट ८७ लाख सहयोग गरिएको छ ।

बैंकले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र प्रभावितका लागि सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन बैंक आफैँले रु ७० लाख र बैंकका कर्मचारी तथा सञ्चालकबाट १७ लाख गरी ८७ लाख सहयोग गरेको जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बाँकी बैंकको सञ्चालक समितिको बैठकको भत्ता र कर्मचारीले आफ्नो तलबबाट कटौती गरेर रकम प्रदान गरेको जनाइएको छ ।

सहयोग प्रदान गरिएको रकम मध्यबाट ४३ लाख ५० नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा पठाइएको र सातै प्रदेश सरकारलाई प्रतिप्रदेश ५ लाखका दरले र ३५ लाख प्रदान गरिएको बैंकले जनाएको छ ।

यस्तै ८ लाख ५० हजार रुपैँया भने बैंकको प्रदेश प्रमुखमार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिएको जनाइएको छ ।

सरकारी कोषमा विभिन्न बैंक तथा सङ्घ संस्थाबाट आवश्यक सहयोग आउने क्रम जारी छ । कुनै संस्थाले आन्तरिक रुपमा रकम उठाएमा एक हप्ता भित्र कोषमा जम्मा गर्न सरकारले अनुरोध गरेको छ ।

सरकारले जथाभावी रुपमा रकम नउठाउन अनुरोध गर्दै उठाएको रकम सरकारी खातामा जम्मा गर्नुपर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्