Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट बच्न भारतमा सार्वजनिक ठाउँमा थुक्न लगाइयो प्रतिबन्ध

अहिलेको पछिल्लो समयमा कोरोना माहामारीबाट बच्न विभिन्न देशले विभिन्न तरिका अपनाएको बेलामा भारतको गृह मन्त्रालयले पनि कोरोनाको जोखिमबाट बच्न सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध लगाएको छ ।

सार्वजनिक ठाउँमा थुक्दा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने खतरा रहेको भन्दै मन्त्रालयले प्रतिबन्ध लगाएको हो ।

विभिन्न शहरको नगरपालिकाहरुले यद्यपि यो आदेश आउनुभन्दा धेरै पहिले नै कानुन बनाएर यसमा प्रतिबन्ध लगाएको थिए ।

तर त्यो कानुन लागू हुने सकेको थिएन र मानिसहरुले गम्भीर रुपमा पनि लिएका थिएनन् । अब गृह मन्त्रालयले केन्द्रीय अधिनियम अनुसार यसमा प्रतिबन्ध लगाएको हो ।

मुम्बईमा केही व्यक्तिले सार्वजनिक ठाउँमा थुके १हजार भारतीय रुपैयाँ जरिबाना तिराइने गरिएको छ । राजधानी दिल्लीमा यसको लागि २ हजार भारु जरिबाना तोकिएको छ ।

अब गृह मन्त्रालयले लगाएको प्रतिबन्धको असर देखिने बताइएको छ । कैयौँ राज्यले सार्वजनिक ठाउँमा थुक्नेलाई जरिबाना पनि तोकेको छ ।

भारतमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ४ सयभन्दा धेरैको मृत्यु भएको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्