Logo
१८ बैशाख २०८१, मंगलबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको असरबारे अध्ययन गदै योजना आयोग

कोरोनाकोबारे राष्ट्रिय योजना आयोगले अध्ययन थाल्ने भएको छ । राष्ट्रिय योजना आयोगले सामाजिक तथा आर्थिक क्षेत्रमा विश्व महामारी कोरोना भाइरसले पारेको प्रभावबारे अध्ययन गर्न अवधारणा पत्र तयार पारेको हो ।

अवधारणा पत्रअनुसार ११ वटा क्षेत्र समेटेर अध्ययन गरिनेछ । अध्ययनको सुरुवात सीमा क्षेत्रबाट हुनेछ । सामान्य अवस्थामा सीमा क्षेत्रका नाका, भन्सारलगायतका कामहरुको लेखाजोखा, अन्य किसिमको प्राकृतिक विपत्ति, मानवीय विपत्तिहरु आउँदा र कोरोनाको अवधिमा समेत भएको कार्यहरुलाई तुलनात्मक विश्लेषण गरी एकीन तथ्याङ्क निकालिनेछ ।

त्यसपछि नेपालको आर्थिक क्षेत्रमा परेको प्रभावबारे अध्ययन हुनेछ। आर्थिक क्षेत्रअन्तर्गत राजस्व, विप्रेषण, विदेशी तथा स्वदेशी लगानीको अवस्था मुद्रा सञ्चितिमा विगत र हालको अवस्थाको तुलनात्मक अध्ययन गरी विवरण संकलन गरिनेछ ।
अर्थ व्यवस्थामा असरको विवरण संकलनपछि त्यसलाई मापन गर्ने विधिको निचोड निकालिनेछ । उक्त विधिबाट योजना आयोगले कति असर गरेको हो भन्ने रकममा निकाल्नेछ ।

नेपाललाई कोरोनाको कारणले परेको नोक्सानी रकम एकीन भएपछि मात्रै अन्य अध्ययन अघि बढ्ने अवधारणापत्रमा उल्लेख छ । उक्त काम सकिएपछि समाधानको उपाय खोजिनेछ। यस क्रममा आवश्यक विभिन्न वित्तीय उपकरण, आन्तरिक एवम् बाह्य स्रोत तथा साधनको सिफारिस आयोगले गर्नेछ ।

नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न आवश्यक पर्ने उपायहरुसँगै शासन प्रणालीको आर्थिक, मौद्रिक र वित्तीय लगानी एवम् अन्य क्षेत्रगत नीतिहरुमा गर्नुपर्ने सुधारको काममा समेत अध्ययनमूलक सुझावहरु पेश हुनेछ ।
कोरोनाको प्रभावपछि अर्थ व्यवस्थामा हुनसक्ने संरचनात्मक परिवर्तनका सम्भावित विकल्पहरु समेत प्रस्तुत हुने अवधारणापत्रमा उल्लेख छ । कोरोनाका कारण १५औं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य र २५ वर्षे दीर्घकालीन सोचको मार्ग्चित्रमा पर्ने असर हेरेर भावी रणनीति समेत गरिनेछ ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्