Logo
१८ बैशाख २०८१, मंगलबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन असर : राजस्व संकलनमा आयो ६७ प्रतिशत कमी, ३३ प्रतिशत मात्र उठ्यो

बर्तमान समयमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरहारले यतिबेला लकडाउन लगाइरहेको छ र सो यतिबेला लककडाउन बढ्दै जाँदा मुलुकको राजस्व संकलनमा पनि धक्का पुगेको छ ।

भन्सार विभागको विवरण अनुसार लकडाउन अवधिमा जम्माजम्मी २ अर्ब राजस्व संकलन भएको छ ।चैतमा भन्सारको संकलन लक्ष्य ३६ अर्ब थियो तर, अहिलेसम्म १२ अर्ब मात्रै संकलन भएको छ ।

राजस्व संकलनमा ६७ प्रतिशत कमी आएको छ । चैतको राजस्व संकलन कुल लक्ष्यको ३३ प्रतिशत मात्रै भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

‘चैत १ देखि १० गतेसम्म १० अर्ब राजस्व उठ्यो तर लकडाउन सुरु भएको ११ देखि ३० गतेसम्म २ अर्ब मात्रै संकलन भयो,’ महानिर्देशक दाहालले भने ।

विभागका अनुसार चैत्रको लकडाउन अवधिमा २ अर्ब ८५ करोड ६७ लाख ७६ हजार ४४९ रुपैयाँ मात्रै राजस्व उठेको छ ।

कलडाउन अवधिमा भैरहवा, विरगन्ज, विराटनगर, नेपालगन्ज, मेची, जलेश्वर र कृष्णनगरबाट जम्मा ६ हजार ६ सय २८ सवारी साधन भन्सार प्रवेश गरेका छन् ।

औषधि र स्वाथ्य सामाग्रीमा भन्सार नलाग्ने तथा तरकारीमा ५ प्रतिशत मात्रै भन्सारदर हुने कारणले राजस्व घटेको विभागले जनाएको छ ।

यस अवधिमा तरकारी, पेट्रालिय र औषधिको आयात बढी मात्रामा भएको र यसमा भन्सार दर निकै कम रहेको विभागले जनाएको छ ।

२० वटा भन्सार कार्यालयबाट आयात निर्यात भएको छ । जनकपुर भन्सारबाट भने कारोबार शून्य रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्