Logo
५ जेष्ठ २०८१, शनिबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीमा अर्को सूचना नआउन्जेल सम्म कर्फ्युको अवधि लम्बियो

खाडी मुलुक अन्तरगत रहेको साउदी अरबमा अर्को सूचना नआउन्जेल सम्म कर्फ्युको अवधि लम्बिएको छ ।

मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्युको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याएको साउदी सरकारलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकोले थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यु थप गरिएको र विभिन्न १३ क्षेत्रहरुबीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको दूतावासले जनाएको छ ।

साउदीअरबमा रहेका नेपाली श्रमिकहरुलाई कर्फ्युको आदेश पूर्ण पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । यस्तै कर्फ्यु पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु, नकरात्मक टिकाटिप्पणी सामाजिक संजालमा नराख्न पनि दूतावासले सचेत गराएको छ ।

साउदी सरकारले कर्फयु उल्लङ्घन गरे २० दिनसम्म जेल र १० हजार साउदी रियाल जरिबाना तोकेको छ ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्