Logo
५ जेष्ठ २०८१, शनिबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति ट्रम्पलाई धनी बनाउन सिकाउने साथीको कोरोनाबाट ज्यान गयो

कोरोना भाइरसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी स्टानली चेराको ज्यान गएको छ । ट्रम्पलाई सफल व्यापारी बनाउन सघाउने ७८ वर्षीय चेराको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको पुष्टि दि रियल डिल डट कमले गरेको हो । चेरा रियल स्टेट व्यवसायी हुन् । ट्रम्पले यसअघि चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए ।

चेराको न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो । चेरा शहरमा कोरोना फैलिएपछि मार्चको सुरुआती दिनमा न्यूजर्सी गएका थिए । त्यहींबाटै उनलाई कोरोना सर्यो वा अन्त कतैबाट भन्ने पुष्टि भएको छैन ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्