Logo
१८ बैशाख २०८१, मंगलबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेशनल लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा ५१ लाख सहयोग

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख प्रदान गरेको छ ।

आज कम्पनीको तर्फबाट अध्यक्ष प्रेमा सिंहले ५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई उपलब्ध गराएका छन् ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं कम्पनी सञ्चालक समितिका सदस्य भवानी राणा, प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्