Logo
५ जेष्ठ २०८१, शनिबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरबका शाही परिवारमा झण्डै १ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि

अहिलेको पछिल्लो समयमा कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा साउदी अरबमा शाही परिवारका झण्डै १ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको दैनिक जागरणलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शाही परिवारको नजिकैैको व्यक्तिलाई उद्धृत गर्दै साउदीमा शाही परिवारका झण्डै १ सय ५० जनामा कोरोना पुष्टि भएको दैनिक जागरणले खबर लेखेको छ ।

सङ्क्रमणबाट सुरक्षित हुन शाह सलमान जेद्दा शहरको एक द्वीप महलमा गएको बताइएको छ ।

कोरोना सङ्क्रमणबाट बच्नको लागि साउदी सरकारले हवाई सेवामा प्रतिबन्ध लगाएको छ भने सबै धार्मिक स्थलको यात्रामा रोक लगाएको छ ।

यस्तै क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि केही मन्त्रीसँग सुरक्षित ठाउँमा गएका छन् ।

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्