Logo
५ जेष्ठ २०८१, शनिबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्युजिल्याण्डमा कोरोनाको कारण दोस्रो व्यक्तिको मृत्यु, १ हजार २ सय बढी संक्रमित

अहिले पछिल्लो समयमा विश्वनै कोरोना भाइरसबाट आतंकित भइरहेको अवस्थामा युरोपियन मुलुक अन्तरगत रहेको न्युजिल्याण्डमा कोरोना भाइरसको सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट ९० वर्षीया वृद्धाको क्रिस्टचर्चमा रहेको बुरवुड अस्पतालमा शुक्रबार मृत्यु भएको न्युजिल्याण्ड सरकारले जनाएको छ ।

यसअघि गएको मार्च महिनाको अन्त्यतिर ७० वर्षीया १ महिलाको मृत्यु भएको थियो ।न्युजिल्याण्डमा शुक्रबार ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या बिहीबारको भन्दा २९ ले कम हो ।

न्युजिल्याण्डमा अहिलेसम्म १ हजार २ सयभन्दा धेरै सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्