Logo
१६ बैशाख २०८१, आईतबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ लाख ७० हजार बढी भायानेट इन्टरनेटका ग्राहकको तथ्यांक लिक, फुडमाण्डुपछि अर्को घटना

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटका १ लाख ७० हजार भन्दा बढी ग्राहकको तथ्यांक लिक भएको छ ।

प्रयोगकर्ताको नाम, इमेल, फोन नम्बर र ठेगाना रहेको तथ्यांक सूची मंगलबार राति सार्वजनिक भएको हो ।

एक ट्विटर ह्याण्डमार्फत् मंगलबार राति भायानेटका प्रयोगकर्ताको तथ्यांक चोरी भएको सार्वजनिक भएको थियो ।

यद्यपि तथ्यांक चोरी तत्कालै भएको हो वा केही अघि भएको भन्ने विषयमा जानकारी सार्वजनिक भएको छैन ।

भायानेटका सञ्चालक विनय बोहराले ग्राहकको तथ्यांक चोरी भएको विषयमा अनुसन्धान भइरहेको बताए ।

‘यो कहिले र कुन कमजोरीका कारण चोरी भयो अनुसन्धान गर्दैछौं,’ उनले भने,‘प्रहरीकोमा पनि उजुरी गर्ने तयारी छ ।’

अनलाइनमार्फत् होटल तथा रेष्टुरेन्टको खाना पुर्‍याउने गरी सेवा दिँदै आएको फुडमाण्डुका ५० हजार प्रयोगकर्ताको तथ्यांक लिक भएको ठ्याक्कै एक महिनामा भायानेटको तथ्यांक चोरी भएको हो ।
फुडमाण्डुका ५० हजार बढी प्रयोगकर्ताको तथ्यांक मार्च ७ मा लिक भएको थियो ।

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्