Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानको ७ वटा प्रान्तमा एक महिनाका लागि आपत्काल घोषणा

अहिले कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको अवस्थामा दक्षिण एशियाली मुलुक जापानमा पनि कोरोना भाइरसबाट प्रभावित ७ वटा प्रान्तमा १ महिने लामो आपत्काल घोषणा गरिएको छ ।

आपत्काल घोषणा गरिएका सात प्रान्तमा राजधानी टोकियो पनि पर्छ । यो आपत्काल आउँदो मे महिनाको ७ तारिखसम्म लागु हुनेछ ।

मङ्गलबार जापानका प्रधानमन्त्री शिन्जो अबेले आपत्कालको घोषणा गरेका हुन् । एक महिने लामो आपत्काल कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि लगाइएको हो ।

मङ्गलबार जापानमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ९ सय ६ पुगेको छ । यो सङ्ख्या गएको हप्ताको तुलनामा दोब्बरले बढी हो ।

जापानमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ९३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्