Logo
१९ बैशाख २०८१, बुधबार
(April 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने

स्थानीय वायुको प्रभावले गर्दा आजबिहीबार देशको पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिले प्रिमनसुन अर्थात् मनसुन अघिको अवस्था चलिरहेको छ । यो बेलामा बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ र हुरीबतास सहित पानी पर्छ ।

यस्तै केही ठाउँमा भने असिना पानी पर्ने र नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ ।अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

यस्तै राति पनि पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ केही ठाउँमा चट्याङ तथा असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 2, 2020

प्रतिक्रिया दिनुहोस्