Logo
६ जेष्ठ २०८१, आईतबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प र सीबीच टेलिफोन वार्ता, कोरोना नियन्त्रणका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । ‘बेइजिङ टाइम’ का अनुसार यी दुई राष्ट्र प्रमुखबीच कोरोना भाइरसको महामारीलाई लिएर शुक्रबार बिहान टेलिफोनमा कुराकानी भएको हो ।

‘भर्खरै चिनियाँ राष्ट्रपतिसँग टेलिफोनमा राम्रो वार्ता भयो । कोरोना भाइरसको सङ्क्रमणलाई कसरी रोक्ने भनेर कुराकानी भयो । भाइरसका बारेमा चीनलाई धेरै थाहा छ र उसले बुझेको पनि छ । हामी सँगै सहकार्य गर्नेछौँ । धेरै आदर ।’

टेलिफोन वार्तामा यी दुई नेताबीच कोरोना भाइरस नियन्त्रणका लागि सँगै अघि बढ्ने प्रतिबद्धता भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सी जिनपिङसँग टेलिफोन वार्ता भएको बताएका छन् ।

गएको वर्षको अन्त्यतिर चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ भाइरसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि लगातार ‘चिनियाँ भाइरस’ बताउँदै आएका थिए । तर यसपटक आश्चर्यको कुरा के हो भने, ट्रम्पले ‘भाइरस’ मात्रै भने ।

शुक्रबार बिहान कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै पढैपछि अमेरिका सङ्क्रमणका हिसाबले पहिलो नम्बरमा उक्लिएको छ । अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार नाघिसकेको छ ।

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्