Logo
६ जेष्ठ २०८१, आईतबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा कोरोनाको कारण १ हजार २७ जनाको मृत्यु, ६८ हजार २ सय ३ जना संक्रमित

कोरोना भाइरसले अहिलेको अवस्थामा माहामारीको रुपलिइसकेको छ । सो अमेरिकामा पनि एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार २ सय ३ पुगेको छ ।

त्यस्तै भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाले ज्यान गुमाएका हुन् ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्याको आधारमा अमेरिकामा तेस्रो नम्बरमा पुगेको छ । चीन र इटलीपछि सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा देखिएका हुन् ।

अमेरिकामा कोरोना भाइरसका सबैभन्दा बढी सङ्क्रमित न्युयोर्कमा देखिएका छन् । जहाँ कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी छ ।

अमेरिकाको न्युयोर्क शहरका गभर्नरले शहरमा सङ्क्रमण रोक्न कडा कदम उठाइएको र त्यसको प्रभाव पनि देखिएको बताएका छन् ।

उनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल पुग्नेको सङ्ख्या घटेको छ ।

 

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्