Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट सिंगो विश्व अक्रान्त रहेका बेला चीनमा फेरि नयाँ भाईरस #हान्ताको उदाय, एकको मृत्यु

यतिबेला विश्वका १ सय ९२ मुलुकलाई नै आक्रान्त पार्दै फैलिएको कोरोना भाइरसको टाईप परिवर्तन भएको छ । सन् २०१९को डिसेम्बर महिनामा चीनमा हुवानबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को रुप शुरुमा देखिएको कोरोना भाइरस भन्दा अहिले रुप परिवर्तन गरेको चीन र बेलायतले गरेको एक अध्ययनले जनाएको छ ।

उक्त नयाँ भाईरसको नाम हान्ता दिईएको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले यसबारे औपचारिक रूपमा केहि बोलेको छैन ।

चीनमा कोरोना जस्तै फेरि अर्को भाईरस हान्ता भाईरस फेला परेको एजेन्सीहरुमा उल्लेख छ । मुसा प्रजातीबाट बिकसित यो भाईरसले मानिसको फोक्सो तथा मृगौलामा प्रभावित परि मानिस को मृत्युसम्म हुने गरिएको छ । सङ्क्रमृतको दिशा- पिसाब तथा खकारबाट सर्ने । चीनमा एकको मृत्यु भएको बताईएको छ ।

एकको मृत्य

तर चीनमै अर्को भाइरसको संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार युनान प्रान्तमा देखा परेको यो नयाँ भाइरसका कारण २३ मार्चमा एक जनाको ज्यान गएको छ ।

मृतक ३२ वर्षका थिए र परीक्षणका क्रममा हान्टा भाइरस संक्रमणको पुष्टि भएको थियो । कामका लागि सानडोङ प्रान्त पुगेका उनी चार्टर वसबाट सोमबार मात्र फर्किएका थिए ।

बसमा सवार अन्य ३२ जनाको परी परीक्षण गरिएको छ । सीडीसीको रिपोर्टअनुसार यो भाइरस मुसाबाट फैलिन्छ । यदि कुनै व्यक्तिले मुसाको मलमूत्र वा ¥याल छोएपछि अनुहारमा हात लगियो भने संक्रमित हुने खतरा रहन्छ ।

तर हान्टा भाइरस एक व्यक्तिबाट अर्कोमा सर्दैन । साथै संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ सातासम्म समय लाग्न सक्छ ।

यदि कोही व्यक्ति संक्रमित भयो भने ज्वरो, रुघा, वान्ता हुने जस्ता लक्षण देखिनेछ । र, संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रिएमा फोक्सोमा पानी जम्मा हुने, श्वास प्रश्वासमा कठिनाइ आउने हुन्छ ।

जनवरी २०१९ मा हान्टा भाइरसका कारण पाटागोनियामा ९ जनाको मृत्यु भएको थियो । त्यसबेला ६० जनामा संक्रमण भएको र उनीहरु मध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

यहि मार्च ३ मा चीनको माइक्रोबायोलोजी रिसर्चमा सार्वजनिक गरेको अनुसन्धानात्मक लेखमा कोरोना भाइरसको टाईप परिवर्तन भएको कुरा उल्लेख गरिएको छ । उक्त अनुसन्धान रिपोटमा उल्लेख गरिए अनुसार एल र एस टाईपको कोरोना भाइरस देखिएको उल्लेख गरिएको छ ।

एल टाईपको भाईरस नयाँ स्वरुपको भएको पनि उल्लेख गरिएको छ । रिपोर्टमा भनिएको छ एस टाईपको शुरुमा देखा परेको भाइरस हो र एस भाइरस जनावरबाट शुरु भएको भन्ने प्रमाणित भएको छ । एल टाईपको भाइरसले आफुलाई परिवर्तन गरेर मान्छेलाई संक्रमित गर्न पुगेको छ ।

एल टाईपको भाइरस एस भन्दा अझ आक्रामक टाइपको भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने क्रम तिब्र गतिमा रहेको उल्लेख गरिएको छ ।

त्यसको रोग फैलाउने अनुवशिक असर भने अझै पहिचान हुन नसकेको रिपोर्टमा उल्लेख गरिएको छ । तर नयाँ व्यक्तिमा प्रवेश गरेपछि यो भाइरसले रुप परिवर्तन गर्नु सामान्य प्रकृया भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

त्यसैले विश्वमा यो भाइरसका लागि धेरै समूहको खोप बनाउने प्रयास भैरहेको छ । यो खोप बनाउन यस्तो ध्यान देउ जस्ले यी दुबै खालका भाइरसलाई निर्मुल पार्न काम गरोस् । यदि यस्तो भए मात्र कोरोना भाइरस नियन्त्रण गर्ने जोनिसले जोड दिएका छन् ।

उनका अनुसार यी दुबै भाइरसमा खासै भिन्नता छैन र अनुबंशिक भिन्ताका कारण प्रोटिनको उत्पादन र भाइरसले कसरी काम गर्छ र कसरी एक अर्कामा काम गर्छ भन्नेमा फरक पर्दैन । यी दुबैथरिका भाइरसमा भिन्नता छ त बदलिँदै छ भनेर भन्न मिल्दैन ।

जोन्सले नयाँ बैज्ञानिकलाई बताएका छन् । उनका अनुसार एउटै मान्छेलाई कोरोना भाइरसले दुईपटक आक्रमण गर्न सक्दैन ।

उसले आफ्नो बंश परिवर्तन गर्यो र मानिसको इम्युनि सिस्टमलाई झुक्याउन सक्यो भने यो फ्लु जस्तै हुन्छ । फ्लुले पनि बर्षौ पछि आफुलाई परिवर्तन गरेर मान्छेहरुलाई आक्रमण गर्छ ।

अमेरिकामा कोरोना भाईरसको संक्रमण भएका स्वास्थ्यकर्मीहरु पनि उपचारमा संलग्न हुन बाध्य यो अनुसन्धान रिपोर्ट विश्वकै लागि उपयोगी हुने कुरा अमेरिकाको न्यूयोर्कमा कार्यरत स्वास्थ्यकर्मीहरुको अभ्यासले सिकाएको न्यूयोर्कको एक अस्पतालमा कार्यरत नर्स कल्पना तिमल्सिनाले बताए ।

लाग्छ । नयाँ परिक्षण विधि ४५ मिनेटमा हुने पत्ता लागेपनि अस्पतालको क्षमताले किन्न सक्ने नसक्ने निर्णय गर्न सकेको अवस्था छैन ।

स्वास्थ्यकर्मीहरु अत्यन्तै त्रसित मुद्रामा काम गर्न बाध्य छन् । आफु आफुमै एकले अर्कालाई सान्त्वना दिनुको विकल्प छैन ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्