Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७७ पुग्यो, एकै दिनमा ६०१ जनाले ज्यान गुमाए

चीनको वुहान शहरबाट उत्पती भएको कोरोना भाइरस यतिबेला विश्वमाहामारीको रुपलिइ फैलिरहेको छ ।सो उक्त रोगबाट चिनपछिको दोस्रो प्रभावित देश इटली बन्न पुगेको छ र अहिले सम्म मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ ।

हिजो सोमबार मात्र अस्पतालमा उपचारत थप ६०१ जना मानिसको मृत्यु थियो । चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको मृत्यु भएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०० बढी मानिसको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्याको ३६.८० प्रतिशत संख्या इटलीमा रहेको छ ।

कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ । हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ । इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ ।

यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ । यीमध्ये ३ हजार २ सय ४ मानिसको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्