Logo
२५ बैशाख २०८१, मंगलबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन कोरोनाबाट १६ सयभन्दा बढीको मृत्यु, ३१ हजार संक्रमित थपिए (विवरण सहित)

चीनबाट फैलिएर विश्वब्यापी बनेको कोरोना भाइरसको संक्रमणबाट एकैदिन कोरोनाबाट १६ सयभन्दा बढीको मृत्यु, ३१ हजार संक्रमित थपिएका छन् ।

इटालीमा एकैदिन शनिबार करिब ८ सयको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इटालीमा मृत्यु हुने संख्या सधैं रेकर्ड बनिरहेको छ।

WHO का अनुसार शनिबार ७ सय ९३ जनाको मृत्यु भएको हो। त्यस्तै ६ हजार ५ सयभन्दा बढी संक्रमित व्यक्ति भेटिएको छ।

योसँगै इटालीमा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै ४ हजार ८ सय २५ पुगेको छ। यो चीनभन्दा करिब १ हजार ६ सयले बढी हो। त्यस्तै इटालफीमा संक्रमित हुनेको संख्या ५३ हजार ५ सय नाघेको छ।

त्यस्तै इटालीपछि शनिबार कोरोना भाइरसबाट मर्नेको संख्या स्पेनमा पनि बढेको छ। त्यहाँ एकैदिन २ सय ८५ जनाको मृत्यु भएको छ भने करिब ४ हजार संक्रमित व्यक्ति थपिएका छन्।

त्यसपछि इरानमा शनिबार १ सय २३ जनाको मृत्यु भएको छ भने करिब १ हजार संक्रमित व्यक्ति थपिएका छन्।

त्यस्तै युरोपियन मुलुक फ्रान्समा शनिबार १ सय १२ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय बढी संक्रमित व्यक्ति थपिएका छन्।

बेलायतमा पनि शनिबारमात्रै ५६ जनाको मृत्यु भएको छ भने एक हजार बढी संक्रमित व्यक्ति थपिएका छन्। त्यहाँ मर्नेको संख्या २ सय ३३ पुगेको छ भने संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६ स बढीको मृत्यु भएको छ भने ३१ हजार बढी संक्रमित व्यक्ति थपिएका छन्।

यो संगै विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १३ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ।

अहिलेसम्मको Kovid-19 सार्क अपडेट :

नेपाल -१ (सरकारले पुष्टि नगरेको तर निको भइसकेको)
भुटान – २
मालदिप्स – १३
बाङ्गलादेश – २४ (मृत्यु -४)
अफगानिस्तान -४११ (मृत्यु २४)
श्रीलंका -७७ (मृत्यु -४)
भारत -३३२ (मृत्यु -५)
पाकिस्तान -६४५-(मृत्यु -३)

छर-छिमेक वरपरको अवस्था यस्तो छ, तसर्थ अफवाहमा नलागाऔं, सावधान बसौं ।।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्