Logo
१७ बैशाख २०८१, सोमबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको त्रासले दुई दर्जन भन्दा बढी पत्रिका बन्द

कोरोना भाइरस संक्रमणको त्रासको असामान्य अवस्थामा नेपालका साप्ताहिक पत्रिकाहरु साप्ताहिक पत्रिका बन्द हुने भएका छन् ।

पत्रिकाका सम्पादकले सामूहिक सूचना निकालेर कोरोना भाइरस त्रासका कारण पत्रिका बन्द गरेको जानकारी गराएका छन् ।

यसरी बन्द हुने पत्रिकामा जनआस्था, दृष्टि, देशान्तर साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायत रहेका छन् ।

यी पत्रिकाका सम्पादकले प्रेस काउन्सिल नेपाललाई पत्र लेखी नियमित प्रकाशन कठिन भएकाले राहतस्वरुप विशेष निर्णय लिइदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्