Logo
२५ बैशाख २०८१, मंगलबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेकी देश चीनमा ठूलो भूकम्प, त्यस्को धक्का नेपालसम्म

उतरी छिमेकी देश चीनमा शुक्रबार बिहान ठूलो भुकम्प आएको छ । ठिक त्यसको असरमा काठमाडौँमा समेत शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

को पश्चिमी सीजाङमा गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ ।

यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो ।
शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले पनि आजको भूकम्पको केन्द्रविन्दु नेपालभित्र नरहेको बताउँदै यसबारे आधिकारिक जानकारी आउन बाँकी रहेको बताएको छ ।

यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्