Logo
२ जेष्ठ २०८१, बुधबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SEE परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्न सबै स्थानियतहहरुलाई सरकारको अपील

काठमाडौं : बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् ।

पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताएका छन् ।

उनले आफ्नो अपीलमा भनेका छन्, ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।’

६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भने एसईई परीक्षा सुरु हुने दिनको अघिल्लो दिन अर्थात चैत ५ गते सकिनेछ ।

कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणको क्रास बढेसँगै स्कुल बन्द गर्नुपर्ने अवाज पनि उठेको थियो । तर मन्त्रालयले स्कुल बन्द गर्नुको साटो परीक्षा अगाडि सार्न आग्रह अनुसार सबै स्कुलले परीक्षा लिइरहेका छन् र भोलिसम्म सबै परीक्षा सकिँदैछ ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्