Logo
१७ बैशाख २०८१, सोमबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमण रोकथामका लागि उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

कोरोना संक्रमण रोकथामका लागि उपत्यकामा १२० र बाहिर ११५ गरी जम्मा २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय १५ वटा आईसीयू बेड तयार पार्ने निर्णय गरिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आवश्यकताअनुसार अस्पताल बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पताल तोकेको छ ।

स्रोत राजधानि दैनिक

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्