Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भास्सिएको स्वरमा धन्यवाद दिँदै प्रधानमन्त्री ओली बोल्दा-बोल्दै अड्किए..!

प्रधानमन्त्री केपी शर्मा ओली दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन – सार्क भिडियो कन्फरेन्समा सम्बोधन गरेका छन्। मिगौला प्रत्यारोपणको करिब दुई सातापछि सार्वजनिक फोरममा पहिलोपल्ट बोलेका ओलीको स्वर ‘भास्सिएको’ सुनिएको थियो।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेर ओलीले सार्कका सबै सदस्य सहभागी भिडियो कन्फरेन्समा सम्बोधन गरे। सम्बोधनको सुरुवातमै ओलीले मोदीलाई कोरोना भाइरसको रोकथामका लागि सार्कस्तरमा अग्रसरता लिएकामा धन्यवाद दिए।

उनले नेपालले कोरोना भाइरसका लागि गरेका तयारीलाई संक्षिप्तमा सुनाएका थिए। र, उनी लामो समय बोल्न सकेनन्। बोल्दा-बोल्दै ‘अड्किएपछि’ उनले धन्यवाद भन्दै सम्बोधन सकेका थिए।

उनले कोरोना भाइरस रोकथामका लागि नेपालले प्रयास गरिरहेको बताए। उनले भने,‘ नेपालमा हालसम्म एक जनालाई मात्रै यो रोग भेटिएको छ। तर हामीले रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौँ।’

प्रधामन्त्री ओलीले रोगको जोखिमलाई ध्यान दिँदै तत्काललााई विदेशीलाई अन अराइभल भिसा दिन बन्द गरेकाे, नेपाल भित्रने यात्रुलाई ‘क्वारेनटाइन’ मा राख्ने व्यवस्था मिलाएको र ‘स्क्रिनिङ’ सेवा उपलब्ध गराएको बताए।

यस्तै रोग रोकथामका लागि केन्द्रदेखि प्रदेशस्तरमा अस्पतालहरुलाई तयार पार्न थालेको बताए।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्