Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस संक्रमित संख्या १ लाख २५ हजार, ६२ हजार उपचारपछि संक्रमणमुक्त

विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमित विश्व स्वास्थ्य संगठनको (डब्लुएच्ओ) तथ्याँक अनुसार १ लाख २५ हजार संक्रमित भइसकेका छन् । त्यसमध्ये ६२ हजार संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसबाट बिश्वभर भएको संक्रमितमध्ये ८२ प्रतिशत चीनमा रहेका छन् । संक्रमितमध्ये २० प्रतिशतलाई विशेष उपचारको आवश्यकता परेको छ । चीनमा संक्रमितमध्ये २ प्रतिशतको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट युरोपमा सबैभन्दा बढी इटालीमा संक्रमित छन् । जर्मनीमा पनि खतरा बढेको छ । एशियामा चीनपछि इरान र दक्षिण कोरियामा बढी संक्रमित छन् ।

भारतमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ । अमेरिकामा १२ सयभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।
कोरोनाका कारण धेरै जसो देश अहिले सम्पूण कार्यहरु थप्प भएका छन् सो कारण विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ ।

 

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्