Logo
२२ बैशाख २०८१, शनिबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम लोकतान्त्रिकका ११ नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोरम लोकतान्त्रिकका ११ नेता केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार ११ जनालाई केन्द्रीय समितिमा मनोनीत गरिएको हो ।

थप गरिएका केन्द्रीय सदस्यहरुमा रामजनम चौधरी (कैलाली), मो. नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लीक (झापा), हेमराज तातेड (सप्तरी), डा. गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग),सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ्ग) रहेका छन् ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्