Logo
२४ बैशाख २०८१, सोमबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशका केहि स्थानहरुमा चट्याङसहित असिनापानीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसारआज देशको केहि स्थानहरुमा चट्याङसहित असिनापानीको सम्भावना रहेको जानकारी दिएको छ।

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी गराएको छ ।

पूर्वानुमानका अनुसार राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले  हाल देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ

शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा महाशाखाले आजको मौसमको पूर्वानुमानको बारेमा जानकारी गराएको हो ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्