Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमिका भेट्न गएका अकलेशको झुण्डियाएर हत्या, उजुरी लिन प्रहरीद्वारा अस्वीकार

भन्निन्छ प्रेममा सब जायज हुन्छ, तर यहाँ त्यस्तो भएको छैन राति प्रेमिका भेट्न गएका सप्तरीका एक जना किशोरको हत्या भएको छ ।

प्रदेश २ स्थित  सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नम्ब ३ का १४ वर्षीय अकलेश मालीको हत्या भएको परिवारजनले दाबी गरेको छ । फागुन ६ गते राति उनी प्रेमिका सोनाक्षीलाई भेट्न गाउँ पुगेका थिए ।

राति प्रेमिकालाई भेट्न पुगेका अकिलेशको शरीरका दुबै खुट्टा भुँईमा छोएको अवस्थामा रुखमा झुण्ड्याइएको थियो । हर्दिया कटैया माविको कक्षा ८ मा अध्ययनरत अकिलेश स्थानीय ध्रुव मण्डलकी छोरी सोनाक्षीसँग प्रेम सम्बन्धमा थिए ।

सोनाक्षीका अनुसार भेट्दै गरेको अवस्थामा आफू र अकिलेशलाई दिपक मण्डलले कुटपिट गरेका थिए । र, अकिलेशलाई कुट्दै फुलवारीतर्फ लगेका थिए ।

दिपक सोनाक्षीको नातामा काका पर्ने हुन् । त्यसको भोलिपल्ट विहान अकिलेशको शव गाउँमै झुण्डिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको विषयमा प्रहरीमा निवेदन दिँदा प्रहरीले निवेदन लिन अस्वीकार गरेको मृतका बुबा शिवनारायण मालीले गुनासो गरेका छन् ।

मृतकका बुबा मालिले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मेरो छोरा अकलेशको गाउँकै रामप्रसाद मण्डलको नातीनी ध्रुवप्रसाद मण्डलकी छोरी नानु भन्ने सोनाक्षी मण्डलसँग विगत केही महिनादेखि मोवाइलमा धेरै पटक एमएसको माध्यमले सम्र्पक भएको थियो ।

घटनाका दिन धेरै पटक उनीहरूबीच वार्तालाप भएको प्रमाण छ । छोरा अकलेश सोनाक्षीकै अनुरोधमा घरवाट राति १० बजे बाहिरिएका थिए ।

घरबाट बाहिर गएपछि गाउँकै अनारी दिदीको घर पछाडीको खाली घरमा बसी गफ गरी रहँदा दिपककुमार मण्डलले मेरो छोराको र नानू भन्ने सोनाक्षी समेतको मोवाइल खोसेर मेरा छोरालाई लातहात समेतले कुटपिट गरेका थिए ।’

उनले भने, ‘यसरी उनीहरूले नाबालक केटा–केटी सँगको बोलचाल बस उठको बिषयलाई लिइ अपराधी मनसाय लिई जानी बुझि मेरो छोरा अकलेश मालीलाई कत्र्तव्य गरी मारेको हुँदा उनीहरूलाई तत्कालै पक्राउ गरी मेरो छोरा अकलेशको मोवाइल मार्ने व्यक्तिहरूकै साथमा रहेकाले सो मोवाइलमा सिम र सोनाक्षीले प्रयोग गर्ने मोवाइलको सिमको एमएसको डिटेल लिई प्रमाण लगाइ हदैसम्मको कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता गरेको छैन ।’

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्