Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक प्रहरी महाशाखाले दियो प्रहरीलाई सुझाव, श्वास सुँघेर मापसे नजाँच्न

कोरोना भाइरस एक विश्वको समस्याकोरुपमा देखापरेसगै नेपालमा पनि बढ्दो कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले ड्युटीमा खटिने प्रहरीलाई श्वास सुँघेर मापसे नजाँच्न सुझाव दिएको छ।

सामान्यतया मादक पदार्थ सेवन गरे या नगरेको पत्ता लगाउन प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्छ। तर बढ्दो चाप र ट्राफिकसँग सीमित ब्रेथलाइजरको भएकोले मुख सुघेर मापसेको जाँच गरिँदै आएको छ। बढ्दो जोखिमलाई न्यूनीकरण गर्न महाशाखाले ट्राफिक प्रहरीलाई सुझाव दिएको हो ।

उनले आवश्यक पर्ने थप ब्रेथलाइजरको आवश्यकताबारे प्रक्रिया अघि बढिसकेको बताए । महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने,यद्यपि कोरोनाको कारण चेकजाँचको क्रम भने रोकिँदैन। हाल महाशाखासँग ७२ वटा ब्रेथलाइजर रहेको प्रमुख ढकालले जानकारी दिए।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्