Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धबाबा प्रकरणको भ्रम र यथार्थ : ‘झुठो कुरा जत्ति फैलिन्छ त्यो त्यत्ति नै सत्य सावित हुन्छ’

भनिन्छ झुठो कुरा जत्ति फैलिन्छ त्यो सत्य सावित भएको त्यत्रि नै ठहरिन्छ । तर के कुनै कुरा फैलिदैमा तयसलाई साचो मान्न सकिन्छ ? यो कुरामा आज बहस गर्नुपर्ने आवशयक्ता देखिएको छ ।

कविता उषा ओझा

महायोगी सिद्धबाबाले आफ्नै चेलीलाई बलात्कार गरेको भन्ने तथाकथित चेलीको जाहेरी र यस प्रकरणमा संचार माध्यममा आएको अति सुनियोजित पूर्ण समाचार र अदालतबाट धरौटीमा रिहा भएपछि केहि संचार माध्यमले थुनामै राख्नु पर्ने भन्ने तरिकाले अतिरन्जित गरी प्रकाशन गरिरहेको देख्दा कसरी पैसाको बलमा प्रायोजित घटनालाई सत्य जस्तो गरिदो रहेछ भन्ने यस घटनाको यथार्थ थाहा पाउने भक्तजनहरु आश्चर्यमा परेका छन् l

सिद्धबाबा को हुन् ?
नेपालको सोलुखुम्बु जिल्लाको जुबु गाउँ मा जन्मिएका सिद्धबाबा ९ वर्ष को उमेरमा अद्भुत इश्वोरीय संयोजन बाट आफ्नो गुरुआश्रम भारतको मुम्बई नजिक नासिक पुग्नु भयो l भारतमा उहाँले नासिक, अयोध्या, उत्तरकाशी, बदरीनाथ, हरिद्वार, राजस्थान र बनारस नजिक नेबडियामा गुरुसानिध्य र गुरुआश्रममा रही महायोगको सर्वाङ्ग विद्या प्राप्त गर्नुभयो l साधना संगसंगै उहाँले आयुर्वेद , रसायन विज्ञान, ज्योतिष विज्ञान नाडी विज्ञानमा अद्भुत ज्ञान आर्जन गर्नु भयो l यस महायोगको साधनाबाट सासै नफेरी बस्न सक्ने मृत्युलाई पन्छ्याउने समाधिको विशिष्ट ज्ञान र क्षमता आर्जन गर्नु भयो l

जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी भन्ने महान उक्तिलाई चरितार्थ गर्न उहाँ करिब १२ वर्षमा नेपाल फर्कनु भयो l नेपालमा उहाँले वालसन्तको चतरा स्थित आश्रममा पहिलोपटक सास नफेरी बस्न सक्ने समाधि अवस्था प्रकट गर्नु भयो l तत्पश्चात रामानन्दाचार्य सेवा पीठ नामक आश्रमको स्थापना गरी असहाय रोगीहरुको आयुर्वेद, नाडी विज्ञानबाट औषधि उपचार गरी स्वास्थ्य लाभ गराउनु भयो र भगवान नामको प्रचारको साथै महायोगको विस्तार गर्न लाग्नु भयो l

नेपाल र नेपालीको सम्बृद्धिका लागि उहाँले १ नम्बर प्रदेश सरकारसंग  सहकार्य गर्ने गरी हरितक्रान्ति अभियानको समझदारी गर्नु भयो l यसै क्रममा संसारमा ७०५ वर्ष पछि र नेपालमा पहिलो पटक श्रीराम तारक ब्रह्म महायज्ञ २०७५ माघ २६ गते बाट १० दिन सम्म आयोजना गर्नु भयो l

सोहि क्रममा उहाँलाई आफ्नो गुरु परम्पराका महान सन्त बाट जगद्गुरु घोषणा गरी भारतको अयोध्यामा आयोजित विशाल सन्त सम्मेलनमा षड्संप्रदाय र अखडाका महान विभूतिहरुको एकमतले धर्म चक्रवर्ती तुलसी पिठाधिश्वोर जगद्गुरु रामभद्राचार्य महाराज लगाएतका विभूतिहरुका करकमलबाट त्रिदंड तिलक प्रदान गर्दै जगद्गुरु रामनान्दचार्य श्री स्वामी रामकृष्णाचर्याको पदमा प्रतिष्ठित गरी विभूषित गर्नुभयो l उहाँ यस धराधाममा विरलै पाइने समाधि सिद्ध महापुरुष हुनुहुन्छ l

नेपालको ठूलो सम्पत्ति र विभूति हुनुहुन्छ l उहाँको यस अद्भुत क्षमता र रामनाम धर्म सन्देशको विस्तारले तथा त्रिदंडी जगद्गुरुमा प्रतिष्ठित भएकाले केहि पाखण्डी मानिस र नेपालको धर्म संस्कृतिलाई समूलनस्ट गर्न चाहने तत्वले उहाँलाई बदनाम गर्ने षड्यन्त्र सुरु गरियो l अहिलेको प्रायोजित बलात्कार प्रकरण त्यसैको कडी हो l वराहक्षेत्र चतरामा सरकारी जग्गामा १० वटा आश्रम संचालनमा छन् तर केवल सिद्धबाबाले मात्रै सरकारी जग्गा कब्जा गरेको भनियो जबकी सिद्धबाबा को आश्रम सबै भन्दा अन्तिममा बनेको हो l

जसले पहिला कब्जा गर्यो त्यसलाई चोखो बनाइयो l नेपालको वराहक्षेत्र पृथिवीको पहिलो तिर्थ धाम भएकाले नेपालको धर्म संस्कृतिको जगेर्ना गर्न र पर्यटन प्रवर्द्धन गर्न चतरा क्षेत्र लाई जसरी विकास गर्न आवस्यक छ सोहीअनुसार भइरहेको देखिएको छ l यसले नेपालको र त्यस क्षेत्रको सम्बृद्धिमा धार्मिक पर्यटन मार्फत ठूलो सहयोग पुर्याउन सक्छ l

उहाँको व्यक्तिगत जीवन र वाल्यकाललाई अतिरन्जित रुपमा नकरात्मक बनाईएको छ l उहाँको ज्यूँदा पितामातासंग यसको बारेमा कसैले कहिल्यै सोधपुछ गरेको छैन l ९ वर्षको उमेरमा घर छोडेको मान्छेलाई गर्भवती बनाएर भागेको वा ज्यान मार्ने उद्योग लागेको जस्ता कपोकल्पित कुरा समाचार बन्नु उहाँ विरुद्ध भइरहेको प्रायोजित षड्यन्त्रको प्रमाण हो l

महिला बलात्कार भनिएको प्रकरण 
अहिलेको बलात्कार प्रकरण प्रायोजन गर्ने तत्वले एक महिलालाई एक वर्ष अगाडि देखिनै सिद्धबाबा आश्रम पठाएको देखिन्छ l निज आश्रम छिरे पछि बिस्तारै आशक्ति पूर्ण मेसेज गरी रहेको र सो फोन र मेसेन्जर सिद्धबाबाले मात्रै नचलाउने र निजी सचिव र निजी सेवामा रहेने चेलाहरुले समेत चलाउने गरेको र त्यस्ता मेसेज अन्य भक्तहरुले पनि गर्ने गरेकाले त्यस्ता मेसेजको जवाफ सत्संग र प्रवचन मार्फत दिने गरिन्छ र दिई रहिएको थियो l

२०७६ दशैं लगत्तै २०० भन्दा बढि भक्तजन सहित सिद्धबाबाले पाथीभरा भ्रमण गर्नुभयो l सो भ्रमणमा ती महिलालाई पनि समावेश गराएर सिद्धबाबालाई फसाउन सकिन्छ कि भनि सिनेमा निर्माण गर्न पाण्डुलिपि (script) लेखेर सो अनुसार अभिनय गर्न ती महिलालाई सिकाएर पठाईएको रहेछ l निजले आश्रमको फोन र मेसेन्जरमा निरन्तर एकान्तमा भेट्न पाउँ, एकान्तमै दीक्षा पाउँ, एकान्तमै आलिंगन गर्न पाउँ भन्ने जस्ता मेसेज गरिरहिन l

ती मेसेन्जरमा जवाफ नपाए पछि अबको ४४ दिन (मङ्सिर ११ गते) भित्र गुरु र शिष्यका विच वारपार हुने धम्की दिईन l महायोगी सिद्धबाबा त्रिदंडी साधु भएकाले कुनै पनि महिलालाई स्पर्श नगर्ने हुनाले उनलाई एकान्तमा भेट्ने कुरै भएन l प्रायोजकको डिजाइनमा एकान्तमा भेटेको भए सो वेलामा आँफै अंगालो हालेर चिच्याउने र रंगेहात पक्रेको बनाउने र सोझै जेल चलन गर्ने रहेछ भन्ने अहिले हामीले अनुमान गरेका छौं l

उनले ४ गते घटना भयो भनेकोमा ३ गते विहान दीक्षाको कार्यक्रम रहेको र दीक्षाको समयमा सबैलाई मौका छ दीक्षा लिन आउनु भन्दा उनि दीक्षा लिन गइनन् चुप रहिन l त्यसै साँझ निजको फोन मेसेज देखे पछि निजी सेवामा बस्ने शिष्य प्रशान्त अधिकारीले आश्रमको फोन बाट मैले मौका दिंदा किन चुप भन्ने मेसेज पठाएकोमा त्यसैलाई एउटा प्रमाण बनाउन खोजेको रहेछ l दीक्षा माग गर्ने दीक्षाको बेलामा बाबाले शिष्यलाई मौका दिंदा चुप बस्ने अनि फेरी मेसेज गरिरहने लाई त्यो मेसेज गर्नु केहि आश्चर्य वा आशक्ति देखिदैन l

४ गते राति घटना भयो भन्ने महिला ५ गते दिनभर आश्रममा सबै संग हासिखुसी बस्ने, ६ गते आश्रमका भक्तका एक जना ड्राइभर संग काठमाडौँ हाँसीखुसि फर्कने सबै संग अंकमाल गरेर विदावादी  हुने त्यसपछि ९ गते शनिवार काठमाडौँ आश्रममा लगभग १५० भक्तजनको सत्संग र सामुहिक भोजनमा खुशी साथ समावेश हुने l ७ गते आश्रमको फोन मेसेन्जरमा अवसरको उपयोग गर्न सकिन फेरी चतरा आउँ भनि मेसेज गर्ने महिला कसरी बलात्कृत हो आश्चर्यजनक छ l

जबकी चतरा आश्रमको गुरुकुटिको गेट राति १०:३० अगावै सरकारले खटाएको प्रहरी हवल्दारले बन्द गर्छन र त्यो दिन पनि बन्द गरेको बयान दिएका छन् र सिद्धबाबासंग ४,५ जना शिष्य रातमा संधै साथैमा सुत्ने गर्दछन् l विवाह न गरेका, विवाह गरेका, एकल महिला तथा वृद्ध अवस्थाका महिलाहरु पनि  विगत १० – १२ वर्ष देखि गुरुसानिध्यमा छन् ती कसैले कहिल्यै गुरुदेवको खराव आचरण अनुभव गरेनन् तर त्यो २ बच्चाकी आमा जो गुरुसानिध्यमा पनि नरहेकी र चतरा आश्रममा दोस्रोपटकको दिग्विजय यात्रामा पाथीभरा जान षड्यन्त्रपूर्वक आएकीलाई सिद्धबाबाले बलात्कार गर्ने कल्पना बाहिरको विषय हो l

निज महिलाले पहिलो चोटी २०७६ कार्तिक ११ गते विहान एकजना भक्त र सिद्धबाबालाई मलाई सेक्स गर्यो भनेर मेसेज गरिछन् त्यो मेसेज भन्दा अगाडि आश्रमका भक्त महिलालाई यस बारेमा भनिछन् तर ती महिलाले यो हुने सक्दैन भने पछि “पैसा पनि खान्छु षड्यन्त्र पनि गर्न छोड्दिन तिमीहरु जस्तो सामान्य महिला हैन म” भनेको बयान ती भक्तले प्रहरी समक्ष गरेकी छन् l

२०७६ कार्तिक १३ गते बाट उनी र उनका पति सिद्धबाबाका चेलाचेलिको घरघरमा गएर त्यसलाई छोड मलाई करणी गर्यो भन्दै हिडेकी छन् l कुनै बलात्कृत महिलाले लोग्ने लिएर पुलिसकोमा जाहेरी गर्न जान्छ कि सिद्धबाबाका चेलाचेली कंहा  त्यसलाई छोड भन्न जान्छ ? यसबाट यो षड्यन्त्र श्रीमतीको सरसल्लाह बाट भएको कुरा प्रस्ट छ l कार्तिक ४ गते घटना भयो भन्ने ३२ दिन पछि मात्रै प्रहरीकोमा जाने कुरालेनै निजको हर्कत उदांग हुन्छ l

फसाउने षड्यन्त्र एक पक्षीय अनुसन्धान
२०७६ कार्तिक १३ गते बाट उनी र उनका पति सिद्धबाबाका चेलाचेलिको घरघरमा गएर त्यसलाई छोड मलाई करणी गर्यो भन्दै हिडे पछि शंका लागि निजले को कसबाट के लिएर यस्तो हर्कत गर्दै हिंडेकी हुन् भन्ने लागेर सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको तर्फबाट २०७६ कार्तिक १९ गते यो षड्यन्त्रको अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखामा निवेदन दिएकोमा त्यसबारेमा कुनै अनुसन्धान भएन l

सो निवेदन र निजका ५२ पेजका मेसेज केन्द्रीय अनुसन्धान ब्युरोले निज महिलाको जाहेरी संगै अनुसन्धानका लागि सुनसरी पठाएको तथ्य फाइल संलग्न भएबाट पुष्टी हुन्छ l सुनसरीमा नेपाल प्रहरीले गरेको अनुसन्धान पूर्णत: एकांगी छ l सिद्धबाबालाई बलात्कारी बनाउन कसरी सकिन्छ भन्ने सो अनुसन्धानको एकोहोरो कोशिश भयो l

निजको जाहेरी भन्दा अघिनै दिएको षड्यन्त्र बाट यस्तो गर्न लागिरहेको भन्ने निवेदनमा कतै कुनै कारवाही र अनुसन्धान गरिएन l अदालतले निज महिला र उनका पतिको फोनको कल डिटेल लिन स्वीकृति दिएकोमा दुरसंचारबाट प्राप्त ५० पेजको कल डिटेल किन मुद्दाको दायरी फाइलमा समावेश गरिएन l

निजले कार्तिक ४ गते अघि र पछि निज संग व्यवहारिक सरोकार नभएका मानिस संग ( जो सिद्धबाबालाई शत्रुतापूर्ण व्यवहार गर्छन ) किन सम्पर्क गरिन्, जको अवस्था, निजले त्यस अघि कसै संग कुनै पैसा लिएको नलिएको विषय, निजले बाबाका शिष्यसंग घर गाड़ी किन्छु भनेको विषय, निजले आश्रममा रहेका किशोरीहरुलाई गुरुलाई आरोप लगाउ तिमीलाई यो कुटीमा हैन राम्रो बोर्डिंग पढाउछु भनेको विषय प्रहरी अनुसन्धानमा किन परेनन्? कुनै पनि अनुसन्धान पूर्णतः ३६० डिग्रीमा पुरै हुनुपर्दछ प्रत्येक सिक्काको २ साईड हुन्छन् ।

बलात्कार हो होइन भन्ने अनुसन्धान एक साइड हो भने अर्को साइड षड्यंत्र हो हैन भन्ने अनुसन्धान पनि हो । निवेदन परिसके पछि षड्यन्त्र हो होइन भन्ने पनि अनुसन्धान गर्नु प्रहरीको कर्तव्य थियो। जबकी प्रहरी पूर्णतः पक्षपाती बन्दै १८० डिग्रीमा वा सिक्काको एक साइडको मात्र अनुसन्धान  गरी त्यो महिलाको षड्यंत्रलाई उन्मुक्ति दिन खोजेको छ।

घटनास्थल भनिएको स्थान चिनाउन ती महिलालाई प्रहरीले लिएर आउँदा निजले आश्रमका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई भेट्न चाहेको र भेटे पछि जाहेरी फिर्ता लिने आशय व्यक्त गरेको कुरा डिएसपी विनोद शर्माले भने पछि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षले निज संग प्रहरीकै उपस्थितिमा कुरा गर्दा घटनास्थल भनिएको कोठामा रहेको वालफिक्स दराज “अर्को साइडमा थियो चेन्ज गरेछन्” भनेकाले घटना भएको कोठा भनेर निजले भनेको कोठामा त्यस्तो चेन्ज सम्भव नभएको र १० वर्ष देखि यथावत् रहेको जो कोहिलाई थाहा भएको विषय हो ।

प्रायोजित स्क्रिप्टमा त्यो परिवर्तन हुनसक्छ भनेर निजलाई पढाएको कारण त्यहि स्क्रिप्टको भाषा निजले बोलेको ती कुराकानी गर्ने पदाधिकारीले अनुमान गरे। निजले ती पदाधिकारी संग गई बलात्कारको प्रमाण केहि नभए पछि जाहेरी फिर्ता लिन केहि अफर गरुन र त्यो वोली रेकर्ड गरुँ भन्ने रहेछ भन्ने ती पदाधिकारीले एकिन गरेका छन्।

ती महिलाले सो कुराकानी आफ्नो मोबाइल फोनमा पूर्णतः रेकर्ड गरिन तर ती पदाधिकारी नचुकेकाले तिनलाई काम आएन। यसरी ऑफैले कुरा गरे पछि फिर्ता लिने आशय व्यक्त गरेकाले डिएसपी विनोद शर्माले पछि त्यो फिर्ता गर्ने हो होइन भनेर सोध्दा दवाव दियो भन्नु स्वयं हास्यास्पद छ। निजको रेकर्ड सुन्दा त्यतिमात्र निजले बोलेको देखिन्छ कुनै दवाव दिएको हामीले सुनेनौ। डिएसपी विनोद शर्माले सिद्धबाबालाई फसाउन हर जुक्ति गरे। षड्यंत्रको पक्षमा अनुसन्धान गर्दा पनि गरेनन् र ती महिला र निजको पतिको फोनकल डिटेल षड्यन्त्र थाहा होला सिद्धबाबा नफस्लान भनेर अदालतमा पेश पनि गरेनन् l

सम्मानित अदालतको आदेश
जबरजस्ती करणी मुद्धामा जबरजस्ती र करणी दुवै तत्व पुष्टी हुनुपर्दछ l जबरजस्तीको कुनै प्रमाण नभएको र करणी भयो भनिएको कोठामा निजले प्रवेश पाएको निजको भनाई वाहेक अन्य कुनै प्रमाण नभएको हुँदा माननीय प्रमुख न्यायाधिसले सिद्धबाबालाई धरौटीमा रिहा गर्नु भयो l

नेपालको संचार क्षेत्र सिद्धबाबा धरौटीमा छुटे पछि पुनरावेदनको सुनुवाइ मार्फत कसरी पुनः थुनामै राख्न सकिन्छ भनेर अतिरन्जित प्रचारमा लागेको देखिन्छ l ती संचार माध्यमले सिद्धबाबाको तर्फबाट घटनाको यथार्थ बुझ्ने सामान्य कोसिस समेत नगरेकोले षड्यन्त्रमा संलग्नहरुको प्रायोजन ठूलो छ भन्ने मान्न सकिन्छ l

अन्तमा
नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने, वैदिक सनातन संस्कृतिको व्यापक प्रचार गर्ने, भगवान्नाम मार्फत संस्कार संस्कृतिको निर्माण गर्ने अभियानका सिद्धबाबा उदयीमान तारा हुनहुन्छ l उहाँको ज्ञानको पूर्ण उपयोग गर्दा नेपालको सम्बृद्धिको एउटा ढोका समेत खुल्नेछ l यस्ता व्यक्तित्वलाई नास गर्न उहाँलाई डाह गर्ने तत्व र धर्म संस्कृति नास गर्न चाहने तत्वको संयोजनबाट प्रायोजन गरेको षड्यन्त्रको कुनै अनुसन्धान नहुनु अत्यन्त दुखद कुरा हो l

यस्ता महान सन्त नेपालले सजिलैसँग प्राप्त गर्न सक्दैन l चिने श्रीखण्ड नचिने खुर्पाको बिंड जस्तै हुन गएको छ सिद्धबाबा l हुँदै नभएको घटनालाई जबरजस्ती करणी भन्ने प्रपन्च निन्दनीय छ l यस प्रकरणले एउटा संदेश सबै महिलाहरुलाई पनि दिएको छ l तिनका सत्चरित्रवान पिता, पति, भाइ, पुत्र कोही पनि सुरक्षित छैनन् l सत्पुरुषहरु पनि असहाय बनाइएका छन् l

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्