Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना भाइरसको संक्रमितको संख्या २८ पुग्यो

कोरोना भाइरस विश्वब्यापी बन्दै गइरहेको अवस्थामा छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरस संक्रमितको संख्या २८ पुगेको छ ।

बुधबार मात्रै भारत भ्रमणमा रहेका १६ इटालियन पर्यटकमा कोरोना संक्रमण देखिएसँगै एकै दिन दोब्बर भन्दा बढीको संख्यामा कोरोना संक्रमिर फेला परेको हो । सोमबार राजस्थानमा एक इटालियन पर्यटकमा कोरोना भाइरस पुष्टि भएको थियो ।

भारतमा इटालियन पर्यटक बाहेक युरोपबाट फर्केका एक ४५ वर्षीय पुरुष, दुबईबाट फर्केका एक २४ वर्षीय युवक र दिल्लीका एक संक्रमितको सम्पर्कमा आएका अन्य ६ मा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

त्यस्तै इटालियन पर्यटकहरुलाई डुलाएका एक भारतीय चालकमा पनि भाइरसको पुष्टि भएको जनाइएको छ । भारतमा भेटिएका कुल २८ संक्रमित मध्ये केरलाका ३ जना भने निको भइसकेको दाबी गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आंशकामा भारतले सिटामोल लगायत अन्य २५ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।

हालसम्म भारतका एअरपोर्टहरुमा ५ लाख ८९ हजार तथा भारत नेपालको बोर्डरमा १० लाख जनाको स्क्रीनिङ गरिएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्