Logo
२५ बैशाख २०८१, मंगलबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ जनाको मृत्युपछि विराटनगरको अवस्था रातीदेखि नै तनावग्रस्त

प्रदेश १ स्थित राजधानी विराटनगर महानगरपालिका-१९ मिलनचोकमा टिपरको ठक्करबाट मंगलबार राति २ जनाको मृत्यु भएपछि त्यहाँको अवस्था रातीदेखि नै तनावग्रस्त बनेको छ ।

पुष्पलालचौक-विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा राति साढे ९ बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोरङ ग्रामथान-२ का ठक्करबाट अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीय नातिनी सबिता सरदार रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिफरले विपरित दिसाबाट आउँदै गरेको प्रदेश १-००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी-५ बस्ने ३३ वर्षीय हरेराम चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् । स्थानीयले भने चालकलाई कडा कारबाही हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र विराटचोक-घिनाकाट सडकबाट टिफर आवागमनमा रोक लगाउनु पर्ने माग गरेका छन् ।

स्थानीयले सडकमा नाराबाजी तथा प्रदर्शन गरेका छन् । घटनास्थलमा १ सयको संख्या भन्दा बढी प्रहरी परिचालन गरिएको छ । उक्त बाटोमा तीन ठाउँमा टायर बालिएको छ । रुख ढालिएको छ ।

साइकल र एम्बुलेन्सबाहेक अन्य सबै खालका सवारी साधन बन्द गरिएको छ । घटनापछि आक्रोशित स्थानीयले राती नै दुईवटा टिफरमा आगजनी गरेका थिए ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्