Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नामकरण र स्थायी राजधानी लागि मतदान कार्यक्रम फागुन २३ गते स्थगित, अब चैत्र १ गते हुने


नेपालको संघीय सरकार प्रदेश नं २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउनको लागि यहि फागुन २३ गते मतदान हुने भनिएको कार्यक्रमविशेष कारणवश स्थगित गरी यहि चैत १ गते मितिका लागि तोकिएको छ ।

कार्य सम्पादन समितिको बैठकले फागुन २२ गते प्रदेश सभाको बैठक बसेर २३ गते मतदान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रदेश सभा सचिवालयले सूचना पनि जारी गरियो तर विशेष कारणवश सो कार्यक्रमलाई स्थगित गरेको हो ।

सचिवालयका सचिव रंजित यादवले भने, ‘कार्य सम्पदान समितिले गरेको निर्णय अनुसार सचिवालयको सूचना सबै माननीयहरुलाई जानकारी पनि गराइयो तर सूचना जारी भएकै दिन बेलुका त्यसलाई कार्य सम्पादन समितिले विशेष कारणवश कार्यक्रम स्थगित गर्न भनेपछि तोकिएको मिति परिवर्तन गरिएको हो ।’

उले प्रदेश सरकारको आग्रहमा सदनले गरेको तयारीमा अपुग भएको भन्दै २२ गते बोलाइएको बैठक ३० गते १ बजे बस्ने र फागुन २३ गते गोप्य मतदान गर्ने प्रक्रियाको मिति सारेर चैत १ गतेका लागि सूचना जारी गरिएको जानकारी दिए ।

फागुन ३० गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानी टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराई त्यसको भोलिपल्ट मतदान गराउने सदन सचिवालयले तयारी रहेको उनले बताए ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्