Logo
२४ बैशाख २०८१, सोमबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गूगलले ल्यायो नयाँ ‘सर्च चिप’, यसरि बनाउँछ इमेल खोज्न सजिलो

अहिलेको आधुनिक तथा प्रविधि युगमा सर्च सम्बन्धित एल्गोरिदममा गूगलको विज्ञता र वर्चस्व भएता पनि जीमेलमा कुनै किसिमको निश्चित ईमेल फेला पार्न गाह्रो हुन्छ । गूगल कम्पनीले यो समस्यालाई समाधान गर्नका लागि नयाँ फिल्टर फिचर ‘सर्च चिप’ ल्याएको छ ।
कसरी काम गर्छ ?

कुनै किवर्डको साथमा तपाईंले ईमेल सर्च गरेपछि ‘ह्याज एटेचमेन्ट’ , ‘एक्सक्लुड च्याट्स’ र डेट पिकरजस्ता सर्च रिजल्टको शिरानीमा अर्थात सर्च गरिएको शब्द रहेको बटनको दायाँतर्फको तल फर्किएको एरोमा फिल्टर बटन देख्नुहुनेछ ।
साथै तपाईंले टेक्स्ट, पीडीएफ वा इमेज जस्ता एटेचमेन्टहरु पनि छान्न सक्नुहुन्छ । यस्ता बटन अर्थात चिप्सले तपाईको सर्च रिजल्टलाई छरितो बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्